पछिल्लो समय केहिदिनयता पानी नपर्दा देशभर गर्मी बढ्यो

काठमाडाैं – पछिल्लो समय केहिदिनयता पानी नपर्दा देशभर गर्मी बढेको छ । अझै दुई तीन दिन पानी नपर्नेभएपछि काठमाडांै उपत्यकासहित देशभर अझै गर्मी बढ्न सक्ने मौसमविद्हरुले बताएका छन् ।
दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिक नरहेकाले केही दिनयता राम्ररी पानी पर्न सकेको छैन ।

मौसमविद् विनु महर्जनका अनुसार यो हप्ताभरि नै लगातारको झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुन अनुमान छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्