यसोदा रिमाल मिश्र
तिमी सृष्टि कर्ता हौ
तिमी प्रेम खानि हौ
अहिले
तिमी चुलबुले नानी हौ
फुलको कोपिला जस्तै
तिमी बिस्तारै फक्रीन लाग्दा
मेरो मनमा भने डरै डर फुलि सकेको छ
तिम्रा खुट्टा लाग्दै गर्दा
पाहिलै पिच्छे यता लड्छौ
उता लड्छौ रुन्छौ
फेरि उठ्छौ
तिम्रा सुरक्षाको लागि हरपल खटिएकी छु
तर के
म सधै यस्तै सुरक्षा गर्न सकुला र ??
तिम्रो उमेर बढ्दै जादा
हर दिन यहि चिन्ता छ
ति महिला हुन वा पुरुष
आफ्ना हुन या पराई
तिमीलाई सबैले लडाउनेछन् ,डराउने छन्
के तिमी आफै बालापनमा झै उठ्न सक्ने छौ त ??
दुखेका चोटहरु चक्लेट पाए पछि
बिर्सिए झै
तिमीले पनि अरुले दिएको
पिडाचोट छिन मै भुल्दै
सहन सकौला र?
हो थाहा छ मलाई
युवा अबस्था सुरु हुन नपाउदै
तिमीले कयौं प्रश्न गर्ने छौ
तिम्रो आमा त के
हर कोहि नाजावाफ हुँदै
अक्क न बक्क हुनु पर्नेछ
कास यस्तो
दिन कहिल्यै नआई दियोस्
हो छोरी
तिमीले आफु छोरि भएकोमा
कहिल्यै पछुताउनु नपरोस्
दिमागमा अरु छोरी चेलिले झै
लिङ्ग परिवर्तन गर्नेसोच कहिल्यै नआईदियोस्
तिमी यो समाजमा जिउनको लागि लड्दै गर्दा
निर्मला भागरथिले न्याय पाई
ईतिहास मै रैदियोस
फेरि
हर कहालिलाग्दो बलत्कारको घटना नदोहोरियोस्
तिमी कहिलेकाहीँ डराउदा
बाटो बिराउदा
तिमीलाई यी हातले सुम्सुमाउदै
डर लुकाउदै ,सान्त्वना दिदै हैन
निर्धक्क संग, खुशि हुदै
तिमी नहडबडाउ नडराउ
खुलेर अघि बढ छोरी
हाम्रो समाज खराब हुदै हैन
कसैको डर छैन
यहाँ कोहि कसैलाई अन्याय हुदा
न्याय पाईन्छ भन्न पाईयोस् |
(तिम्रो दोस्रो जन्मोत्सवको शुभ-आशीर्वाद र लाखौं लाख शुभकामना छोरी )