विद्यार्थीहरुलाई व्यापार गर्न सिकाउने उद्देश्यले भक्तपुरको राजश्री गुरुकुल स्कुलमा जी मार्केट सञ्चालन

काठमाडौँ – भक्तपुरको सल्लाघारी स्थित राजश्री गुरुकुल स्कुलले आरजी मार्केट सञ्चालन गरेको छ । असार ३२ गते शनिवार स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि कुलले आरजी मार्केट सञ्चालन गरेको हो । धेरै बिद्यार्थीहरु धेरै टेवलहरु राखेर ब्यापार मेला जस्तै स्टलहरु राखेर सामानहरु बेच्दै बसेका थिए । स्कुलमा अध्ययनरत बिद्यार्थीहरुका आफ्ना अभिभावकहरु सामान किनका लागि स्टलमा गएर मोलतोल गर्दै थिए ।

भविष्यमा गएर व्यापार कसरी गर्ने भन्ने बारे विद्यार्थीहरुले ज्ञान हासिल गरुन् भनेर आरजी मार्केट संचालन गरिएको शिक्षक कमल आचार्यले बताए ।

स्टलहरुमा बिद्यार्थीहरु ग्रहाकलाई सामान बिषयमा समझाई बुझाई गरिरहेका थिए । स्टलमा मोलमोलाई गरिरहेको अभिभावक प्रबिन गुरागाई यस्ता कार्यक्रमले बच्चाहरुले धेरै ब्यवहारिक ज्ञान हासिल गर्ने बताए । स्कुलको बारे चर्चा गर्दै उनले स्कुलमा राम्रो पढाईको लागि बच्चाको भविष्य राम्रो बनाउनको लागि नै यहाँ पढाउन ल्याएको बताए ।

यस्तो कार्यक्रमले आफुहरुमा धेरै हौसला बढेको बिद्यार्थीहरुले बताए । यो आर जी मार्केटले बिद्यार्थीमा ब्यापारि बन्नको लागि कति गार्हो छ । आफ्ना समान कसरी बिक्री गर्ने, ग्रहाकलाई कसरी चित्तबुझ्ने गरि कुरा गर्ने भने बिषयमा धेरै कुरा सिक्न पाएको बताए । विद्यालयले आयोजना गरेको सो बजारमा विद्यार्थीहरुले विभिन्न सामानहरुको प्रदर्शनी गरेका थिए । कोही विद्यार्थीले विभिन्न खाले कलाहरुको प्रदर्शनी, ससाना ढुंगाहरुलाई पनि आर्कषक बनाउने, कोहीले भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित विषयसँग सम्बन्धित वस्तुहरुदेखि विभिन्न खाले खाना तथा खाजाको समेत स्टल राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्