साढे दुई महिना पछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु

File Photo

काठमाडौँ – नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो। ‘गत वैशाख २१ गते एक जनाको मृत्यु भएको थियो, त्यसभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

अधिकारीले धेरै अन्तरालपछि कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। अधिकारीका अनुसार फागुनको पहिलो र दोस्रो साता कोरोना संक्रमित बिरामीको मृत्यु हुने दर उच्च रहे पनि पछिल्लो समय घटेको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। ५९ जना संक्रमित निको समेत भएका छन्। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्