काठमाडौं – प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । यो आदेशसँगै एआईजी पोखरेलले हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प रहेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।