कर्मचारीको तलब १५ प्रतिशत बढ्नुपूर्व मूल्यबृद्धि १५ प्रतिशत भन्दा बढी

काठमाडाैं – आर्थिक बर्ष २०७९/०८० को बजेट वक्तव्यबाट साउन १ देखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने भएको छ तर त्यो भन्दा अगाडि नै १५ प्रतिशत भन्दा बढी दैनिक उपभोग्य बस्तुको मुल्य बढेको छ ।

खाने तेलको मूल्य छोइनसक्नु भएको छ । फलफूल खान विरामी नै हुनुपर्ने अवस्था छ । एक दर्जन केराको मूल्य १५० रुपैयाँसम्म पुगेको छ । पेट्रोल र डिजेलको भाउ बढेसँगै सार्वजनिक याताको भाडामा बृद्धि भएको छ । पछिल्लो समय बस, ढुवानीका साधनको भाडा बढेको छ । यसले गर्दा पनि दैनिक उपभोग्य बस्तुको भाउ आकासिएको छ ।

मूल्य बृद्धि उच्च दरमा बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाइ रहेको छ । गएको जेठमा मूल्य बृद्धि ८.५६ प्रतिशत रहेको छ । जुन गत वर्षको जेठमा ज्यादै न्यून ४.१९ प्रतिशत थियो । गत वर्षभन्दा यस वर्षको जेठमा मूल्य बृद्धि दोब्बर भन्दा बढीले बढेको छ । राष्ट्र बैंकको यो तथ्यांक भन्दा बढी बस्तुको भाउ बढेको छ ।

उच्च मूल्य बृद्धिका कारण साउनदेखि बढ्ने कमचारीको तलबले पनि नथेग्ने अवस्था पुगेको छ । दुई वर्षपछि मात्रै कर्मचारीको तलब बढ्दै छ । यसअघि आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशतसम्म कर्मचारीको तलब बढाइएको थियो ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढाएका थिए । दुई वर्षपछि अहिले १५ प्रतिशत तलब बढाइएको छ । तर त्यो भन्दा बढी मुल्य बृद्धि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्