भीआईपीको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

File Photo

काठमाडौं – भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य राख्न भनेको छ ।
उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

हेलिकप्टर कम्पनीहरुले ७ असारदेखि तोकिएके आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न पनि प्राधिकरणले भनेको छ ।
यस्तै हवाई जहाज सञ्चालक कम्पनीहरुले १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न पनि भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्