लुम्बिनी प्रदेशकी राज्य मन्त्री वली पक्राउ, आमा र छोरीलाई कुटेको आरोप

दाङ – महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको छ ।

स्थानीय बासिन्दाले ओलीले कुटपिट गरेको खबर गरेपछि प्रहरीले उनलाई पक्रेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओली बिहान लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्