पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा सडक भासिएको ठाउँमा २ जनाको शव भेटियो

File Photo

 

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कार भने नदीमा पुगेको छ । कार पहिराले पुरिएको र माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको प्रहरीको भनाई छ । कारमा कति मान्छे सवार थिए भन्ने नखुलेको प्रहरीले बताएको छ ।

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्