मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबारको बैठकमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।

उहाँले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटनेछ भन्नुभयो । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गर्नुभयो । सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्