पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुन्छ : मन्त्री बडू

फाइल फोटो

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिनुभएको हो । विद्यार्थी संगठनले आज बुधबारभित्र मूल्यवृद्धि फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह पनि गरेका थिए ।

विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मटीतेलमा विद्यार्र्थीहरूलाई सहुलियत दिन माग गरेका छन् । विद्यार्थी संगठनले मूल्य फिर्ता नभए भोलि बुधबार नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । आयल निगमले गत वैशाख ३१ गते पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा २ सय रुपियाँ वृद्धि गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्