काठमाडौँ – सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ । कुनै स्थानीय पर्व वा अरू कुनै कारण गाउँपालिकाभरि विदा भएको होइन ।
वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिएका हुन्।
पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ ।
अध्यक्षमा निर्वाचित भएका यादव लोकतान्त्रिक समाजवादी पार्टीका हुन्। यहाँ गाउँपालिका उपाध्यक्ष पनि लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्।