प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधारोन्मुख : सोमबार सम्ममा ‘डिस्चार्ज’

फाइल फाेटाे
फाइल फाेटाे

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गोलाले काम गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हिजो सफलतापूर्वक उहाँको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रधानमन्त्रीलाई सोमबार सम्ममा डिस्चार्ज गर्न सकिने सम्भावना रहेको प्रत्यारोपणमा संलग्न प्रा डा प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको बताउनुभयो ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्