सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय भएको छैन । सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन बिदा दिनेबारे कुनै निर्णय नभएको बताउनुभयो ।
आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भइनसकेको बताए।
पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिनुपर्ने बहस भइरहेका छन्। सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपत कम हुने र आयात कम गर्दा विदेशी मुद्राको सञ्चिती बढ्ने अनुमान छ ।