प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्री मोहम्मद यासिनलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक बधाई सन्देश पठाएर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री यासिनको कार्यकालमा नेपाल–मलेसिया सम्बन्ध अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्