कंगोमा शान्ति मिसनमा गएका नेपाली सेनामाथि विद्रोहीको आक्रमण, सुर्खेतका गुरुङको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं – शान्ति मिसनमा आक्रमणमा परी ज्यान गुमाउने नेपालीको परिचय खुलेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनको बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको उपचारको क्रममा त्यहीं मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले परिवारजनमा समवेदना प्रकट गरेका छन् । यसैगरी संयुक्त राष्ट्रसंघका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्