मणिका मेलामा सम्भावित अपराधिक घटना नियन्त्रण र निगरानीका लागि ४८ स्थानमा सीसीटिभी क्यामेरा

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको मणिका धाममा लाग्ने मेलामा शान्ति ,सुरक्षा ,जनताको जीउधनकाे रक्षा र अमन चयनका लागि ४८ स्थानबाट सीसीटिभी निगरानी राखिएको छ । मणिकाधाममा लाग्ने धार्मिक पर्यटन मेलामा सम्भावित अपराधीक घटना नियन्त्रण र निगरानीका लागि झलारि -फुलेलि-मणिकाधाम -बतासे झरना पर्यटकीय मार्गका सुरक्षाको हिसाबले सम्बेदनशील  ४८ वटा स्थानमा सिसिटिभि क्यामेरा मार्फत निरन्तर निगरानी राखिने वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले बताउनुभयो ।
ऐतिहासिक, धार्मिक धरोहरको रुपमा चिनिने मणिका (मुडका) धाममा यहि फागुन २८ गते अर्थात भोली भव्य मेला लाग्ने भएको छ । मेलामा दुई लाख बढी श्रद्धालु भक्तजनहरुले बैजनाथ बाबाको दर्शन गर्ने अनुमान गरिएको छ ।

प्रत्येक बर्ष यस क्षेत्रमा फागुन शुक्लपक्षमा मेला लाग्ने गर्दछ । मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वासका कारण दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले चिन्दछन । धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो सफा कञ्चन तलाउ समेत रहेको छ ।

मुडका क्षेत्रमा रहेको तलाउमा मणीवाला सर्प वस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीय वुढापाकाहरुको भनाई रहेको छ । थारु भाषामा मुड भन्नाले शिर लाइ बुझने गरिएकाले सबै भन्दा अग्लो भाग भएकाले मुड शव्दको अप्रभंसभै मुडका भएको एकथरीको भनाई रहेको छ ।

पहाड बाट मौसमी रुपमा बसाई सारेर झर्ने व्यक्तिहरुले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिहरुका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुदै गएको हो ।

पूर्व पश्चिम राजमार्ग भन्दा झण्डै ११ किलो मिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचिनकालमा पहाड बाट चौपाया सहित हिउदका बेला बसाई सार्नेहरुको आश्रय स्थलका रुपमा समेत रहेको थियो । विगतमा यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आवागमन खासै नदेखिएपनि पछिल्लो समय जनप्रतिनिधि आएपश्चात यस क्षेत्रका संरक्षण सम्बद्र्धन भएपछि यस क्षेत्रमा पर्यटकहरुका चहलपहल बढ्न थालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्