क्यान्सरबाट ज्यान गुमाएकी स्वास्थ्य स्वयंसेविकाको परिवारलाई भीमदत्त नगरपालिकाद्वारा एक लाख सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले क्यान्सरबाट ज्यान गुमाएकी महिला स्वास्थ्य स्वयंसेविका बिमला भट्टको परिवारलाई एक लाख सहयोग गरेका छ । मंगरबार ११२ औँ अन्र्तराष्ट्रिय दिवसको अवसरमा भीमदत्त नगरपालिका–१५ की मृतक भट्टको परिवारलाई सहयोग गरिएको हो ।

नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टले मृतक भट्टका श्रीमान नवराज भट्टलाई श्रीमानलाई चेक हस्तान्तरण गरे । गत माघमा स्तन क्यान्सरबाट ज्यान गुमाएकी भट्टले २० वर्ष सेवा गरेकी थिईन् । महिला स्वयसेविका समन्वय समन्वय समितिकी अध्यक्ष भारती सिंहले समितिको पहलमा लामो समय सेवा गरेकी भट्टको परिवारलाई सहयोग गरिएको बताईन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्