यतिपोस्ट मिडिया प्रा.लि. को कानुनी सल्लाहकारमा अधिवक्ता बिष्णु गिरी

काठमाडौ – काठमाडौको चाबहिल द्वारा संचालित यतिपोस्ट मिडिया प्रा. लि.को कानुनी सल्लाहकारमा अधिबक्ता बिष्णु गिरि नियुक्त हुनुभएको छ । अधिबक्ता गिरिको लामो समयदेखी कानुनी क्षेत्रमा राम्रो अनुभव छ । गिरि बिगत केही बर्सदेखी एलबी ल फर्महरुमा सकृय रहेर कानुनी क्षेत्रमा काम गरिरहेका छन । उहाँ एक सकृय पत्रकार पनि हुन उहाँको आफ्नै मिडिया द. युनिभर्सल टाइम्स नामक क बर्गको सप्ताहिक पत्रीका पनि एक चर्चित पत्रीकाको रुपमा चिनिन्छ । अधिवक्ता गिरिले कानुन संकायमा एल. एल बि. गरेर लाइसेन्स प्राप्त एक सक्षम ओकिलको रुपमा चिनिन्छन । यतिपोस्ट न्युज एउटा अनलाइन पत्रीका हो । साथै भिडियो डकुमेन्ट्रीमा पनि सकृय हुँदै आएको यतिपोस्ट न्युजलाइ २ बर्स पूरा भइ तेस्रो बर्षमा प्रबेश गरेको हो ।

राज्यको चौथो अङ्गको रुपमा रहेको मिडिया क्षेत्रका सिमाभित्र रहेर सत्य, तथ्य र खोजमुलक पत्रकारिता तथा समाचार सम्प्रेषण गर्ने उदेश्यले खोलिएको यतिपोस्ट मिडिया प्रा. लि. /सम्पादन हाउस प्रा.लि अन्तर्गत चलिरहेको अनलाइन पत्रीका हो ।

समाज भएका सत्य, तथ्य कुराहरुलाइ सम्प्रेषण गरि समाजको ऐना बनेर काम गर्ने र भबिस्यमा अडियो भिडियो सहित पत्रकारिता क्षेत्रमा सकृय बएर अघि बढ्ने यतिपोस्ट मिडिया प्रा. लि. का संचालक आयुश पन्तले बताए । यतिपोस्ट मिडियाका संचालक पन्त अहिले ब्यबस्थापन सङ्कायमा स्नातकोत्तर गरिरहेका छन । संचालक पन्तका अनुसार, आगामी दिनमा यतिपोस्ट मिडियालाई सबैसङ्ग सहकार्य गरेर पत्रकारिता पढेका बिद्यार्थी हरुसङ्ग सहकार्य गरेर अगाडि बढ्ने र खोजमुलक पत्रकारिताको रुपमा सस्थालाई अगाडी बढाउने योजना रहेको छ ।

विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवक्त्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गरेका छन । पछिल्लो समय उनले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन गराउन अन्तरिम आदेश लगायत नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् । उनले गरेको पछिल्लो न्यायीक लडाईप्रति सामाजिक संजाल र आमसंचार माध्यमको नजरमा परेका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । गिरी गरिखाने वर्गमा जन्मिएर आफ्नै पौरखले सफल कानुन व्यवसायीका रुपमा उभिन प्रयासरत छन् । गिरी २०५८ सालमा मोरङबाट काठमाडौ खालिखुट्टा छिरेका व्यक्ति हुन् ।

गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका ति दिनमा आफुलाइै निरन्तरता दिदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने अधिवत्ता गिरी हिजो कुनै वदनामी र विवादित छविका ब्यक्ति पनि होइनन् । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरी शूरुमा कुनैपनि मुद्धा नआएपछि निरास जस्तै बनेर बरिष्ठ अधिवत्ताहरुको झोला बोक्न पनि खोजेका थिए तर त्यो पनि उनले नपाएपछि सार्वजनिक महत्वका बिषयलाई उठान गरर न्यायिक लडाईमा उनी अधि बढे र मुद्धा पनि जित्तै गए र पछि उनको चर्चा पनि बढ्दै गयो अहिले उनको ल फर्ममा प्रयाप्त मुद्धाहरु छन् । विकट पहाडी जिल्लामा समान्य परिवारमा जन्मिएका अधिवत्ता गिरी मेहनत, इमानदारिता र कुशल व्यवस्थापकिय क्षमताकै कारण सफल भएका हुन् । मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने उदाहरण हुन अधिवत्ता गिरी उनको शूरुमा काठमाण्डौ बसाई निक्कै कष्ठकर थियो । कुनैपनि ब्यबसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कैपनि सहज कुरा होईन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपुर्ण काम हो भन्ने अधिवत्ता गिरी अझै पनि न्याय क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको बताँउँछन न्याय सम्पादनको कामलाई छिटो छरितो तरीकाले सम्पन्न गर्नको लागि सुधार आवश्यक छ ।

अधिवक्त्ता गिरीले मोरङ पब्लिक मा.बि धनिबनी गाउँबाट एसएलसी उत्तिर्ण गरेर उहाँ काठमाण्डौको रत्न राज्य क्याम्स, त्रिभुवन बिश्व बिद्यालय तथा नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । कुनै काम कानुनसम्मत भएन भन्ने लागेमा अधिवत्ता गिरी रिट बोकेर सर्वोच्च पुगिहाल्छन् । अधिकांश मुद्दामा उनको जित पनि भएको छ ।

अरुले यसो गर्यो उसो गर्यो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने अधिवक्त्ता हुनु बिष्णु गिरी । आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका गिरीको श्रीमति र १ छोरी १ छोरा छन् । अधिबक्ता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत , चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । उनले दर्जनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्