काठमाडाैँ – साताको पहिलो दिन शेयर बजार फराकिलो अंकले बढेको छ । गत सातादेखि ओरालो यात्रा शुरु गरेको बजारले साताको पहिलो दिननै ओकालो यात्रा सुरु गरेको छ । निर्वाचन समयमै हुने संकेत आएपछि यसको प्रभाव सेयर बजारमा परेको हो ।
निर्वाचनको खवरले जबरजस्त तरिकाले माथिल्लो बिन्दुमा बजार पुगेको भएपनि उक्त वृद्धि कायमै रहनेमा भने लगानीकर्ताहरू पूर्ण आश्वस्त छैनन् । किनकि बजारमा अन्य आधार बलिया नभएकाले टिकाउ हुनेमा शङ्का गरेका हुन् ।
बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन । बुधबार अधिकतम् सीमा (सर्किट लेभल) कारोबार हुनेमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि हाइड्रोपावर र अरुणभ्याली हाइड्रो पावर रहेका छन् ।