काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीको युवा संघ नेपालको सुदूरपश्चिम इन्चार्जमा दिपक बहादूर सिंह चयन भएका छन्। आज बसेको युवा संघ नेपाल केन्द्रीय कार्यालयको बैठकले सिहंलाई सुदूरपश्चिम इन्चार्ज तोकेको हो।
सिंह प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य सचिव समेत रहेका छन्। प्रदेशको इन्चार्ज बनेसंगै सिंहले युवाहरुलाई पार्टीमा झन शसक्त बनाउने बताएका छन्।