काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको बताउनुभएको छ ।
आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा एमसीसी देशघाती नभएको बताउनुभएको हो । केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गर्नुभयो ।
म पनि देशको प्रधानमन्त्री हो, नेपालको खिलाफमा जाउँला त ? किन राष्ट्रघाती काम गरौँला त मैले ?
यो विषयमा हामीले छलफल गरिरहेका छौँ । यो नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो, नेपालको कानुनअनुसार आएको हो, राम्रोसँग बुझेर मात्रै बोल्नुपर्छ । यसमा धेरै छलफल गरेर पारित हुनेछ’, देउवाले भन्नुभयो ।