‘क्रिसमस डे’ आज खुसीयाली साटासाट गरि मनाइदै

काठमाडौं – इसाइ (क्रिश्चियन) धर्मको मुख्य चाडको रुपमा मनाइने ‘क्रिसमस डे’ आज खुसीयाली साटासाट गरि मनाइदैछ । इसाइ (क्रिश्चियन) धर्म संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।
यस दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्