काठमाडौं – नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।