नेपाली काँग्रेस १४औँ महाधिवेशन अपडेट: ३८०० मत खस्यो, राति नै मतगणना गरिने

काठमाडौँ – नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति सवा ८ बजेसम्म ३८०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । यसैबीच मतदान सकिएपछि रातिदेखि नै मतगणनाको तयारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्