दोस्रो चरणमा प्रकाशमानको समर्थन देउवालाई, देउवाले सभापतिमा जित्ने निश्चित

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

आज आएको मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए । आजै कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने कार्यक्रम छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्