कोरोना विरुद्धको खोप लगाइ दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ

काठमाण्डौ – सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाइ दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए ।

निःशुल्क रूपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्