विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् ।

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्