सत्ता प्राप्तिका लागि राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरू दलाल हुन् : सुर्यराज आचार्य

काठमाडौँ – पूर्वाधार विज्ञ सूर्यराज आचार्यले सत्ता प्राप्तिका लागि सार्वभौमसत्ता र राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरूलाई दलालको संज्ञा दिएका छन् । उनले नेताहरुले राजनीति नभई दलाली गरिरहेको आरोप समेत लगाएका छन् ।

बुधबार सामाजिक संजालमा आचार्यले लेखेका छन् ।

***राजनीति कि दलाली?***
नेताहरूको सोच र चालचलनमा राष्ट्रिय स्वार्थ सर्वोपरी हुनु अनिवार्य हुन्छ। त्यसो हुँदा मात्र नेताहरूको अभ्यासलाई राजनीति भन्न मिल्छ। सत्ता प्राप्तिका लागि सार्वभौमसत्ता र राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरूको अभ्यासलाई राजनीति भनिँदैन, त्यो त सिर्फ दलाली हो।
देशी/विदेशी दलालीका भरमा ‘राजनीति’ गर्ने पुरानै प्रवृत्ति हो। तर पछिल्लो समयमा यो घातक प्रवृत्ति ह्वात्तै बढेको छ। लोकप्रिय देखने नेताहरू समेत अब जनताको समर्थनमा भन्दा विदेशीको आशिर्वादमा बढि भरपर्न थालेको देखिँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्