काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट बाहिरिने भएका छन् । उहाँ बाहिरिएसँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् । यद्यपि नेताहरुले भोलि बुधबारसम्म यो समूहबाट सभापतिको एक मात्र उम्मेदवार अघि सार्ने दाबी गरेका छन् ।
१४औं महाधिवेशनको उद्घाटन समारोह २४ मंसिरमा काठमाडौंमै हुनेछ । निर्वाचन समितिले २५ गते उम्मेदवार मनोनयन दर्ताको मिति तोकिएको छ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार छन् भने पौडेल समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।