आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ – कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवादका क्रममा आमा बातियो र बहिनी ३० वर्षीया रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिट गर्ने बातियो र रितालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्