पूर्वराजा ज्ञानेन्द्रलाई शासन गर्ने भए चुनाव लडेर आउन प्रधानमन्त्री देउवाको चुनौती

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गरेका छन् ।

बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिए । प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेको समेत देउवाले बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ । तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’

संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्