लेकम गाउँपालिकाको सभापतिमा मिश्र निर्वाचित

काठमाडौँ – नेपाली काँग्रेस लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्र निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा मिश्र निर्वाचित भएका हुन् । देशमा संघीयता लागु भएपछि पहिलो पटक भएको नेपाली काँग्रेशको पालिका स्तरीय अधिवेशनमा मिश्र निर्वाचित भएको काँग्रेस नेता विष्णुदत्त मिश्रले जानकारी दिए । उनका अनुसार मिश्र र मोहनदेव जोशबीच चुनावी प्रतिस्पर्धा भएको थियो । मिश्रको पक्षमा ४५ मत र र जोशीको पक्षमा ३२ मत खसेको थियो । जम्मा ७७ मत खसेकोमा मिश्रको पक्षमा ४५ मत खसेकोले मिश्र बहुमतले निर्वाचित भएको लेकम काँग्रेसले जनाएको छ ।

निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिदै मिश्रले भने, -‘पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउनु नै मेरो मुख्य उद्देश्य हो ।’ मत दिएर जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

यो पनि पढ्नुहोस् । 

लेकम गाउँपालिकाको सभापतिमा निर्वाचित मिश्र को हुन् ? यस्तो छ राजनीतिक यात्रा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्