गृहमन्त्रीको सहयोगमा प्रहरी जवान पदमा नाम निकालिदिएको स्टाटस फेसबुकमा लेखेपछि ….

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूबाट सिफारिस गराएका गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।

गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए ।

पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्