काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा चालु संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राख्नुभएपछि एकदुई दिनभित्रै यसलाई पूर्णता दिने सहमति भएको नेताहरुको भनाइ छ । सरकार गठन भएको करिव २ महिना हुनलाग्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि गठबन्धनमाथि दबाब परेको छ ।
बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा भएको थियो ।