काठमाडौँ – एक÷दुई दिनमा मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच समझदारी बनेको छ ।
बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो ।
उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि थिए।
बैठकमा उपस्थित एक नेताका अनुसार मन्त्रिपरिषदलाई एक÷दुई दिनमा पूर्णता दिनेबारे छलफल भएको हो । प्रधानमन्त्री देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए ।
देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।