काठमाडौँ – सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ । संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका हुन् ।
संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको हो ।
एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो । लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् ।