काठमाडौँ – संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्दै छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान गरेकी थिइन् ।
सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।
संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि कार्यसूचीमा छन् ।
साउन ३२ मा सरकारले अधिवेशन अन्त्य गरेको थियो । त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।