दार्चुला घटनाको बिषयमा नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठायो

काठमाण्डौ – नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएको छ । चौतर्फी दबाब बढेपछि नेपालले दार्चुला घटनाका विषयमा भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएर ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयको छानबिनका आधारमा परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक पत्र पठाएको हो ।

पत्रमा घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका परिवारलाई उचित राहत दिन भनिएको छ ।
यस्तै, नेपालले दार्चुला क्षेत्रको नेपाली आकाशमा अनुमति नलिकन हेलिकोप्टर उडाएको विषयमा पनि भारतलाई पत्र पठाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्