नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा चारकिलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको प्रहरीले जनाएको छ ।
सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाति रहेको डिएसपी न्यौपानेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्