काठमाडौँ – बाढी र पहिरोमा परि शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए ।
उनका अनुसार पर्वतका विभिन्न चार स्थानमा बिहीबार रातिदेखि नै पहिरो जानेक्रम जारी रहेको अवस्थामा पहिराले पुरिएर ११ जनाको र पोखरामा पहिरोमै परी थप एकजनाको ज्यान गएको हो । पहिरोले पाँच घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । केही स्थानीय विस्थापित भएका छन् ।
तीन दिनदेखिको भीषण वर्षाका कारण गएको पहिरोमा परेर पर्वतमा ११ जनाको मृत्युु गएको छ । कुुस्मा नगरपालिका वडा नं ३ मा गएको पहिरोमा एकै परिवारको पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मध्य पहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो गएपछि पर्वत, बागलुुङ, म्याग्दी र मुुस्ताङलाई जोड्ने पोखरा र राजधानीसँगको यातायात सम्पर्क विच्छेद भएको छ । ज्यान गुुमाउनेमा एकै परिवारका वर्ष ७५ का कौशिल्यादेवी पौडेल, वर्ष ३५ की भगवती पौडेल, १६ वर्षकी विमला पौडेल र ११ वर्षकी विनिता पौडेल र नौ वर्षका विनोद पौडेल रहेका छन् । उनीहरू सबै एकै परिवारका हजुुरआमा, बुुहारी र तीन नातिनातिना रहेको प्रहरीले जनाएको छ । यसैगरी कुुस्मा नगरपालिका–११, सिल्मीमा पहिरो खस्दा वर्ष ३५ की दुुर्गा पौडेल, वर्ष छका गणेश पौडेलको मृत्यु भएको छ । कुुस्मा नगरपालिका–११ पपुुवाका ७० वर्षीय डल्ली उपाध्याय पौडेल, ४० वर्षीय मार्या कुुमारी पौडेल वर्ष र तीन वर्षका प्रयूष पौडेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी मोदी गाउँपालिका–५, आम्बोसमा पहिरोमा पुरिएर ५० वर्षीय फूूलमाया थापाको ज्यान गएको छ । जिल्लामा बिजुुली, टेलिफोन, इन्टरनेट पूूर्ण रूपमा विच्छेद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुुढाथोकीले बताउनुुभयो । शुुक्रबार साँझ अबेरसम्म पनि लगातार पानी परिरहेकाले उद्धारमा समस्या भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।