दार्चुला – दार्चुलामा गौरा हेर्न गएकी ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष विरुद्ध जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गरिएको छ ।
भदौ १५ गते गौरा पर्वमा गएको बेला बालिकामाथि यौन दुव्र्यवहार गर्ने नौगाड गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय महेशसिह ठगुन्नाविरुद्व मुद्वा दर्ता भएको प्रहरीले जनाएको छ ।
बालिकाले आफुमाथि यौन दुव्र्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई बिहीबार पक्राउ गरी मुद्वादर्ता गरेको हो ।र आरोपित ठगुन्नामाथि बालयौन दुव्र्यवहार कसूर अन्तर्गत मुद्धा दर्ता गरी गरि थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।
भदौ १५ गते मार्मा गाउँपालिकाको वडा नम्बर ६ अन्तरगर्न पर्ने पथरकडा क्षेत्रमा गौरापर्वमा गएको बेला बालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।