काठमाडौं महानगरपालिका-१९ का वडाध्यक्षको निधन, भोली काठमाडाैँमा बिदा

काठमाडौँ – लामो समयदेखि क्यान्सर पीडित काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक१ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्