नेकपा एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

काठमाडौं – नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ ।

संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्