काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा उनीपक्षका नेताहरूको छलफल भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा उठ्ने सर्वसम्मत सभापतिको उम्मेदवार खोजीका लागि पौडेल पक्षका नेताहरूबीच यसअघि नि पटकपटक छलफल हुँदै आएको छ । पौडेलको सचिवालयका अनुसार छलफलमा भाग लिन मंगलबार दिउँसो पौडेल निवास बोहराटारमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पुगेका छन्। उनीहरू सभापतिका लागि आकांक्षी छन् ।
अरू नेताहरूलाई पनि बैठकमा बोलाइएको छ । पौडेलले भदौ १८ गतेअगाडि नै सभापतिका लागि आफ्नो टिमबाट उम्मेदवार चयन गरी एकताको सन्देश दिने बताइरहेका छन् ।