शेयर बजार साढे १७ अङ्कले बढ्यो, जलविद्युत् समूह फेरि लयमा

काठमाण्डौ – दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।

आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले बढेको छ । बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय ३२ कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १३ अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ९३ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्