ओली र तेस्रो धारका नेताहरु सहमति नजिक, भोली स्थायी कमिटी बैठक बस्ने

File Photo

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि बैठक बोलाइएको हो ।

उक्त बैठकमा एकताका पक्षधर नेताहरु पनि सहभागी हुने छन् । छलफलले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्