अफगानिस्तानका राष्ट्रपतिले देश छाडे

काठमाडौँ – अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन् । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्