काठाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना भएपछि आज पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोलेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेका नेता ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका दिए ।
ओलीले प्रतिनिधि सभामा आफ्ना भनाइ सकेलगत्तै सत्तारूढ जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ओलीका कुराप्रति कटाक्ष गरेका छन् ।
‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’
ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुँदा पनि केहि काम नभएको भन्दै सरकार र गठबन्धनको आलोचना गरेका थिए ।
“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”!
भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!— Baburam Bhattarai (@brb1954) August 10, 2021