नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु

File Photo

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्